नर्स जिता बरालको नर्सिङ लाइसेन्स खारेज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नर्सिङ परिषदले नर्स जिता बरालको लाइसेन्स खारेज गरेको छ । झण्डै डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै परिषदले उनको नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो ।
परिषदले विज्ञप्ती जारी गर्दै तत्कालिन ट्रमा सेन्टरका निमित्त मेसु डा सन्तोष पौडेलले गराएको जानकारी तथा आवश्यक कारवाहीका लागि पठाएको पत्रको आधारमा बोर्ड समक्ष पेश हुँदा जाँचबुझ समिति गठन गरेको र उत्त समितिले नर्सिङ सेवामा आँच आउने कार्य गर्न नहुने भन्ने व्यवसायिक आचार सहिंता उल्लघन गरिएको ठहर गर्दै कारवाही सिफारिस गरेको गत चैत १३ मा बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको उल्लेख छ ।
डा बरालले ट्रमा सेन्टरको इमरजेन्सी विभागमा पुगेर चिकित्सक तथा नर्सहरुलाई अपशब्द बोल्ने लगायतका कार्य गरेकी थिइन्। उक्त घटनलाई लिएर त्यस बेलाका निमित्त मेसु पौडेलले कारवाही गरि पाउँ भन्दै उजुरी दिएका थिए ।
बराल नेपाल नर्सिङ काउन्सिलको पूर्वसदस्य पनि हुन्। परिषदका अनुसार बरालको दर्ता नम्बर ८८९४ थियो। अब उनको दर्ता नम्बर दर्ता किताबबाट हटाइएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य