थप २१ जनामा कोरोना संक्रमण, १७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ४ हजार ७७५ जनाको नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो ।
यसैगरी आज १७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २७१ जना मात्र सक्रिय संक्रमित रहेकाछन्। पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा हालसम्म ११ हजार ९५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?