Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो दशौं वार्षिकोत्सव

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो दशौं वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन\ काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफनो दशौं वार्षिकोत्सव मनाएको छ । केन्द्रले आइतबार काठमाडौंमा एक समारोहकावीच वार्षिकोत्सव मनाएको हो । मिर्गौला प्रत्यारोपणबाट सुरु भएको उक्त केन्द्रमा स्थापना कालदेखि अहिलेसम्म ८४० जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेठले जानकारी दिए । अहिले केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण हुँदै आएको छ ।

बार्षिकोत्सव कार्यक्रममा केन्द्रका निर्देशक डा श्रेष्ठले मिर्गौला प्रत्यारोपणलाई अझै बढाउँदै लानुपर्नेमा जोड दिए । उनले प्रत्यारोपणको लागि अहिले निकै भिड भएको र पालो कुरेको दुईवर्ष पछि मात्र पालो आउने स्थिती रहेको भन्दै दक्ष जनशक्ति र भौतिक संरचना चुस्त दुरुस्त भएमा धेरैको मिर्गौला प्रत्यारोपण समयमै गर्न सकिने बताए ।

उनले मिर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्वका विकसित मुलकमा भएजत्तिकै उच्च स्तरीय सेवा दिइरहेको समेत जिकीर गरे ।

केन्द्रले वाषिक रुपमा २ सय जना मिर्गौला बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै