शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो दशौं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन\ काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफनो दशौं वार्षिकोत्सव मनाएको छ । केन्द्रले आइतबार काठमाडौंमा एक समारोहकावीच वार्षिकोत्सव मनाएको हो । मिर्गौला प्रत्यारोपणबाट सुरु भएको उक्त केन्द्रमा स्थापना कालदेखि अहिलेसम्म ८४० जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेठले जानकारी दिए । अहिले केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण हुँदै आएको छ ।
बार्षिकोत्सव कार्यक्रममा केन्द्रका निर्देशक डा श्रेष्ठले मिर्गौला प्रत्यारोपणलाई अझै बढाउँदै लानुपर्नेमा जोड दिए । उनले प्रत्यारोपणको लागि अहिले निकै भिड भएको र पालो कुरेको दुईवर्ष पछि मात्र पालो आउने स्थिती रहेको भन्दै दक्ष जनशक्ति र भौतिक संरचना चुस्त दुरुस्त भएमा धेरैको मिर्गौला प्रत्यारोपण समयमै गर्न सकिने बताए ।
उनले मिर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्वका विकसित मुलकमा भएजत्तिकै उच्च स्तरीय सेवा दिइरहेको समेत जिकीर गरे ।
केन्द्रले वाषिक रुपमा २ सय जना मिर्गौला बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?