Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रपति भण्डारीद्धारा आठौं नेपाल फर्मा एक्स्पोको उद्घाटन

राष्ट्रपति भण्डारीद्धारा आठौं नेपाल फर्मा एक्स्पोको उद्घाटन

हेल्थ टिभी अनलाइन\ चितवन : आठौं नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्। आज चितवनको भरतपुरमा नेपाल औषधि उत्पादक संघले आयोजना गरेको नेपाल फर्मा एस्स्पोको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी हुन् ।

एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशी औषधी उद्योगहरुलाई प्रोत्साहन गरेर लगानी बढाउनुपर्ने बताइन्। उनले नेपाली औषधि उद्योगीले कोरोना महामारीका बेला उत्कृष्ट काम गरेको भन्दै प्रशंसा समेत गरिन्। तीन दिने उक्त एक्स्पो उद्घाटन गर्न राष्ट्रपति चितवन आएकी हुन्। उनले उद्योगको क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताइन्।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले एक सय भन्दा बढी औषधि उद्योगहरु संचालित रहेको बताए । उनले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवस्यक पर्ने बताए । उनले अहिले कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको समेत जिकीर गरे ।

संघका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुनुपर्ने बेला आइसकेको र त्यस्तो वातावरण बनाउन सबैको सहयोगको अपेक्षा रहेको जनाए ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले स्वदेशी उद्योगहरुलाई प्रवद्धैन गर्ने गरी नीतिहरु बनाउनुपर्नेमा जोड दिए । उनले देशमा जति धेरै उद्योग कल कारखानाहरु हुन्छन् त्यति नै आर्थिक रुपमा सम्पन्न हुने हुँदा उनीहरुका लागि काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिए ।

एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले एक्स्पोबाट देश विदेशमा भएका औषधि सम्बन्धित प्रविधिहरुकावारेमा जानकारी हुने र ज्ञान साटासाट हुने भएकोले आफूहरुले फर्मा एक्स्पो गर्दै आएको जानकारी दिए । उनले आठौं फर्मा एक्स्पोमा १६० स्टल रहेको समेत जनाए । आज सुरु भएको एक्स्पो तीन दिनसम्म चल्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि