Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा केही दिन यता कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा पनि चिन्ता र चासाे बढेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले कोरोना संक्रमण भारत लगायतका छिमेकी देशमा फेरि बढ्न थालेको भन्दै नेपालमा पनि सचेत हुन आवश्यक रहेको जनाएकी हुन्। उनले कोरोना संक्रमण कम भएको भए पनि जोखिम कायम नै रहेकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दूरी कायम गर्ने तथा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेकी छिन्।

यसका साथै उनले जारी गरेको विज्ञप्तिमा कोरोनाबाट बच्न यस विरुद्धको खोप लगाउनुपर्ने हुनाले खोप नलगाएकाले आफनो नजिकको खोप केन्द्रमा गई पूर्ण मात्रा खोप लगाउन आग्रह गरिएको छ । पूर्ण खोप लगाएकाको हकमा तीन महिना पूरा भएपछि बुस्टर डोज दिइने हुँदा सो अवधी पुगेकाले बुस्टर डोज समेत लगाउन आग्रह गरिएको छ ।

सरकारले देशभर अहिले पनि कोरोना विरुद्धको खोप अभियान जारी राखेको छ तर संक्रमण कम भएपछि खोप लगाउनेको संख्या भने निकै कम हुँदै गएको छ । भारतमा कम हुँदै गएको कोरोना संक्रमण दर फेरि एकपटक उकालो लाग्न थालेको छ । जसले सबैकाे चिन्ता बढाएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन