डब्लुएचओका महानिर्देशक डा टेड्रोस आज नेपाल आउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
नेपाल आउँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य मन्त्री विरोध खतिवडासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यसैगरी उनले भ्रमणका क्रममा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन भ्रमण गर्ने बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?