Health TV Online
Health TV Online

डब्लुएचओका महानिर्देशक डा टेड्रोस आज नेपाल आउँदै

डब्लुएचओका महानिर्देशक डा टेड्रोस आज नेपाल आउँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

नेपाल आउँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य मन्त्री विरोध खतिवडासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

यसैगरी उनले भ्रमणका क्रममा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन भ्रमण गर्ने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार