थप १३ जनामा कोरोना संक्रमण, २५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८७७ जनाको नमुना परीक्षण गरिएकोमा १३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय कोरोना संक्रमित जम्मा ३१८ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार १८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?