Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आठौं नेपाल फर्मा एक्स्पोको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने

आठौं नेपाल फर्मा एक्स्पोको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघ (एपोन) ले गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो -२०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

चितवनको भरतपुरमा चितवन एक्स्पो सेन्टरमा हुन लागेको आठौं फर्मा एक्स्पोको अन्तिम तयारी पूरा भइसकेको र राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाट्न गर्ने तय भएको एक्स्पोका मिडिया संयोजक तथा एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए । यही वैशाख ९ गते दिउँसो एक बजे राष्ट्रपति भण्डारीद्वारा एक्स्पोको उद्घाटन हुने कार्यक्रम रहेको छ ।

एपोनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, औजार, विभिन्न किसिमका मेसिन, कच्चापदार्थ, प्याकेजिङ लगायतमा भएका विकास र उपलब्धिहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा नेपाल फर्मा एक्स्पो मार्फत गर्दै आएको छ । एक्स्पोमा भारत, बंगलादेश, चीन लगायतका देशका औषधि उद्योगी तथा यसमा रुचि राख्नेहरुको जमघट हुनेछ ।

एक्स्पोको लागि १६१ वटा स्टल बुक भइसकेको र धमाधम तयार भइरहेको संयोजक बरालले जनाएका छन्। उनले भने, ‘भारत, बंगलादेश, चीन र नेपाल गरी १६१ वटा स्टल प्याक भएका छन्। । कोरोनाका कारण यसभन्दा अघि एक्स्पो हुन नसकेका कारण पनि यसपटक धेरैले स्टल राख्न रुचि राखेको तर सबैलाई स्टलका लागि स्पेस दिन नसकिएको बरालले जनाए ।

वैशाख ९ गते सुरु हुने एक्स्पो तीन दिनसम्म चल्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार