२४ घण्टामा १० जना कोरोना संक्रमित थपिए, देशभर सक्रिय संक्रमित ३३४ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारगत २४ घण्टामा ४ हजार ४०३ जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा कोरोना देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित निको भएका छन् ।
उता यहीवीच ७२ हजार ६८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर ३३४ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म ११ हजार ९५१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने ९ लाख ६६ हजार ३९९ जना निको भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?