Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ह्याम्समा तीन महिने ‘क्रिटिकल केयर नर्स तालिम’ सुरु

ह्याम्समा तीन महिने ‘क्रिटिकल केयर नर्स तालिम’ सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा तीन महिने क्रिटिकल केयर नर्सिङ तालिम सुरु भएको छ । अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपालसँगको सहकार्यमा नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर तालिम सुरु गरेको हो ।

यसअघि ह्याम्स अस्पतालमा ६० जना नर्सले यो तालिम लिइसकेका छन्। अहिले सुरु भएको यो तेस्रो ब्याच हो । क्रिटिकल केयर तालिमको मुख्य उद्धेस्य भनेको आइसीयूमा आउने बिरामीलाई नर्सहरुले कसरी विशेष हेरचाह गर्ने सिकाउँदै उनीहरुलाई थप जटिलता हुन नदिनु भएको अस्पतालकी नर्सिङ निर्देशक वरुणा पौडेलले जनाइन्। उनले आइसीयूमा आउने बिरामी भनेको यसै पनि क्रिटिकल हुने भएकाले उनीहरुलाई कसरी क्वालिटी सर्भिस दिएर उनीहरुको जीवन रक्षा गर्न सकिन्छ भनेर तालिममा सिकाइने जनाइन्। तालिममा आइसीयूमा नर्सले गर्नुपर्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने समेत जिकीर गरिन्।

क्रिटिकल केयर तालिमको उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका कार्यकारी अध्यक्ष आरएस भण्डारीले आइसीयू असाध्यै संवेदनशिल हुने भएकाले त्यहाँ काम गर्ने नर्सहरु सबै हिसाबले निपूर्ण हुनुपर्ने भन्दै यस तालिमले उनीहरुलाई आइसीयूबारे सिप र ज्ञान प्राप्त गर्ने अवसर मिल्ने विश्वास लिएको बताए ।

उनले आफनो अस्पतालमा आइसीयूमा तालिम प्राप्त नर्सहरु भएकै कारण आइसीयूमा हुने मृत्युदर निकै कम भएको समेत जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन