बैशाख ६ र ७ गते बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले देशव्यापी रुपमा यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरेकोे छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रमको तालिका सार्वजनिक गर्दै तोकिएको मितिमा आफना बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गई भिटामिन ए खुवाउन आग्रह गरेको हो ।
यसका साथै कोभिड संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?