सक्रिय कोरोना संक्रमित ४ सयभन्दा कम, काठमाडौंमा २८ जना
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशमा अहिले ३७५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
उनीहरुमध्ये पनि ३६० जना होम आइसोलेसनमा छन् भने १५ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ९ जनाको आइसीयूमा र एक जना संक्रमितको भेन्टिलेटररमा उपचार भइहरेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ११ हजार ९५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?