आज विश्व हिमोफेलिया दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्व हिमोफेलिया दिवस । हिमोफेलिया रोगको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । हिमोफेलिया एक रगत सम्बन्धी रोग हो ।
कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन र यसको समयमै रोकथाम वा उपचार नगरे मृत्यु समेत हुनसक्छ ।
हिमोफेलिया रोग भएका व्यक्तिको शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने हुन्छ । त्यसैले उनीहरुलाई बाहिरबाट रगत चढाइरहन पर्ने हुन्छ ।
सरकारले हिमोफेलिया बिरामीको उपचार निशुल्क गर्दै आएको छ । तर अझै पनि धेरै जना उपचारको पहुँचमा आउन सकेका छैनन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?