जनकपुरधाममा २ सय बेडको सुविधा सम्पन्न क्यान्सर अस्पताल बन्दै
हेल्थ टिभी अनलाइन \जनकपुरधाम : जनकपुरधाममा विश्वस्तरीय सुविधा सम्पन्न क्यान्सर अस्पताल बन्ने भएको छ । विनयतारा फाउण्डेसनले मधेश प्रदेशको राजधानी जकपुरधाममा २ सय बेडको क्यान्सर अस्पताल संचालन गर्न लागेको हो । उक्त क्यान्सर अस्पतालको लागि भवनको शिलान्यास समेत शुक्रवार गरिएको छ ।
विनयतारा ट्रष्टले चार वर्षदेखि जनकपुरमा २५ शैयाको अस्पताल चलाउदै आएको छ । ट्रष्टका प्रमुख विनयकुमार साहले क्यान्सरका अस्पताल काठमाडौं उपत्यकामा मात्र केन्द्रित रहेको भन्दै मधेश प्रदेशमा पनि अस्पताल हुनुपर्ने भनेर सुरुमा २५शैयाको अस्पताल संचालन गरे । तर अहिले विरामीको चाप बढेकोले पनि अस्पतालको सेवा विस्तार गरेको उनले बताए ।
अस्पतालको भवन निर्माणका लागि समाजसेवी विनोद ठाकुरले दस कठ्ठा जग्गा दान गरेका छन् । कुल ४ विघामा अस्पताल बन्न लागेको हो ।
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । हाल जनकपुरधाममा बिटिएफसिसीको २५ शैयाको अस्पताल सञ्चालनमा रहेको छ । डा.शाहले यो दक्षिण एशियाकै आधुनिक अस्पतालका रुपमा स्थापित हुने दाबी गरे । सन् २०२५ सम्ममा अस्पतालको निर्माण सम्पन्न हुने योजना रहेको फाउण्डेशनले जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य