ह्याम्स अस्पताल २५ औं वर्षमा प्रवेश, वर्षभर नै उपचारमा विशेष छुट
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल आजदेखि २५ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले आफनो रजत जयन्तीको अवसर पारेर बिरामीहरुका लागि उपचारमा विभिन्न सहुलियत एवम छुट प्याकेजहरु अघि सारेको छ ।
अस्पतालले यो वर्ष हरेक शनिबार विशेषज्ञ सेवाको ओपीडी शुल्क नि:शुल्क दिने निर्णय गरेको छ भने आवश्यकता अनुसार पहुँच नभएकाहरुलाई लक्षित गरेर स्वास्थ्य शिविरहरुको आयोजना समेत गर्ने भएको छ ।
यसैगरी बिरामीहरुलाई मध्यनजर गर्दै विशेषज्ञ डाक्टहरुको ओपीडी शुल्क समेत घटाइएको छ । अबदेखि विशेषज्ञ डाक्टरको ओपीडी शुल्क नयाँ बिरामी भए ६९० रुपैयाँ र फलो अपमा आउने बिरामीको हकमा ६५० रुपैयाँ मात्र निर्धारण गरिएको छ । यसैगरी अस्पतालमा आउने सबै बिरामीको ह्याम्स फेमिली मेम्बर कार्ड बनाइने र कार्ड देखाएपछि सबै खालका उपचारमा विशेष छुट दिने अस्पतालले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?