Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलनमा ११ जनाले पाए उत्कृष्ट अवार्ड (फोटोसहित)

स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलनमा ११ जनाले पाए उत्कृष्ट अवार्ड (फोटोसहित)

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको शिखर सम्मेलनमा विभिन्न ११ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको छ । परिषद्को आठौं स्वास्थ्य तथा जनससंख्या वैज्ञानिकको शिखर सम्मलेनको तेस्रो दिन आज उनीहरुलाई अवार्ड दिइएको हो ।

यसरी अवार्ड पाउनेहरुमा मृर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्डबाट प्राडा रिता थापा सम्मानित भएकी छिन्। यसैगरी यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा डा मदन प्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । बेस्ट रिसर्च पेपर अवार्ड डा गुणराज ढुंगानाले पाए भने एनएचआरसी योङ हेल्थ रिसर्च अवार्ड हेल्थ साइन्सतर्फ अत्युत राज पाण्डेले प्राप्त गरे ।

मृर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड मेडिकल डाक्टरतर्फ डा अपेक्षा निरौलालाई दिइएको छ । यसैगरी सोही शिर्षकको अवार्ड एनएचआरसीका कर्मचारीबाट अनिल पौडेलले पाएका छन्।

हेल्थ रिसर्चर अवार्ड सरुना घिमिरेलाई प्रदान गरिएको छ । सम्मेलनमा बेस्ट रिसर्च पेपर पोस्टरमा सोनिया श्रेष्ठले अवार्ड जितेकी छिन् भने बेस्ट रिसर्च पेपर ओरलमा डा रबा थापाले अवार्ड प्राप्त गरिन्।

यसैगरी परिषदका कर्मचारीमध्येबाट उत्कृष्ट वर्ष कर्मचारीका रुपमा अजय कुमार लाल कर्णलाई अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी यसै वर्षदेखि थप गरिएको परिषद्को ‘बेस्ट सेक्सन अवार्ड’ (उत्कृष्ट विभागबाट) इथिकल रिभ्यु, मोनिटरिङ एण्ड इभ्यालुयसन सेक्सन उत्कृष्ट घोषित भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन