स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलनमा ११ जनाले पाए उत्कृष्ट अवार्ड (फोटोसहित)
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको शिखर सम्मेलनमा विभिन्न ११ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको छ । परिषद्को आठौं स्वास्थ्य तथा जनससंख्या वैज्ञानिकको शिखर सम्मलेनको तेस्रो दिन आज उनीहरुलाई अवार्ड दिइएको हो ।
यसरी अवार्ड पाउनेहरुमा मृर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्डबाट प्राडा रिता थापा सम्मानित भएकी छिन्। यसैगरी यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा डा मदन प्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । बेस्ट रिसर्च पेपर अवार्ड डा गुणराज ढुंगानाले पाए भने एनएचआरसी योङ हेल्थ रिसर्च अवार्ड हेल्थ साइन्सतर्फ अत्युत राज पाण्डेले प्राप्त गरे ।


मृर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड मेडिकल डाक्टरतर्फ डा अपेक्षा निरौलालाई दिइएको छ । यसैगरी सोही शिर्षकको अवार्ड एनएचआरसीका कर्मचारीबाट अनिल पौडेलले पाएका छन्।

हेल्थ रिसर्चर अवार्ड सरुना घिमिरेलाई प्रदान गरिएको छ । सम्मेलनमा बेस्ट रिसर्च पेपर पोस्टरमा सोनिया श्रेष्ठले अवार्ड जितेकी छिन् भने बेस्ट रिसर्च पेपर ओरलमा डा रबा थापाले अवार्ड प्राप्त गरिन्।

यसैगरी परिषदका कर्मचारीमध्येबाट उत्कृष्ट वर्ष कर्मचारीका रुपमा अजय कुमार लाल कर्णलाई अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी यसै वर्षदेखि थप गरिएको परिषद्को ‘बेस्ट सेक्सन अवार्ड’ (उत्कृष्ट विभागबाट) इथिकल रिभ्यु, मोनिटरिङ एण्ड इभ्यालुयसन सेक्सन उत्कृष्ट घोषित भएको छ ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य