९ बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन सम्पन्न
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलन आज ९ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष गर्ने सम्मेलन आज आठौं सम्मेलनको तेस्रो दिन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताकहरुको आफ्नो खोज तथा अनुसन्धानकावारेमा ८७ वटा अनुसन्धानमूलक कार्यहरुको मोखिक प्रस्तुती, ४१ वटा पोष्टर प्रस्तुतीकरण तथा २२ वटा आमन्त्रित प्रस्तुतीकरण रहेको थियो ।

समापनको दिनमा ११ विधामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत पनि गरिएको छ।



यस्ता छन सम्मेलनमा जारी गरिएका घोषणापत्रमा उल्लेख बुँदाहरु:
१ .वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण संकलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन संघिय संरचनामा क्षमता अभिवृद्धि गर्ने ।
२ .स्वास्थ्य क्षेत्रलाइ अनुसन्धान, शिक्षण संस्था र उघोग लगायतका निकायहरुसँग समन्वय गर्ने ।
३. बायोमेडीकल, एपिडेमियोलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यहरुलाई बिभिन्न सरोकारवाला निकायसँग संयोजन गरी प्रमाणमा आधारित निति र कार्यक्रम तर्जुमा गर्ने ।
४. परिष्कृत जनस्वास्थ्य परिणामका लागी बहूआयामिक क्षेत्रसँग समन्वयात्मक गतिविधि संचालन गर्ने ।
५. जलबायु परिवर्तनका सम्भावित खतराहरु, प्राकृतिक विपत्ति र उदीयमान सरुवा रोगहरुको पहिचान र नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधिको प्रयोग गर्ने ।
६. नसर्ने रोगहरुको परिवर्तित ढाँचालाई सम्बोधन गर्न प्रारम्भिक रोकथाम, न्यूनीकरण, निदान र उपचारलाई प्रवद्र्धन गर्ने ।
७. गुणस्तरीय औषधिको उत्पादन प्रवर्धन गर्न औषधी उत्पादक निकायहरु र अनुसन्धान संस्था बिचमा पारस्परिक समन्वय गर्ने रणनीति अपनाउने ।
८.मातृ शिशु तथा बाल स्वास्थ्य कार्यक्रमको माध्यमबाट मृत्युदर न्यूनिकरणका लागि बहुपक्षीय प्रयत्नलाई सुदृढ गराउने।
९.जोखिमयुक्त जनसंख्याको स्वास्थ्य अधिकार संरक्षणका लागि अनुसन्धानका तथ्यांकहरु र नीतिको प्रयोग गरी लैङ्गिक समता र न्याय स्थापित गर्ने ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’