देशभर सक्रिय कोरोना संक्रमित ५६८ जना, ५४४ जना होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले कोरोना संक्रमितको संख्या घटेर ५६८ मात्र रहेको छ । यीमध्ये १२ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५६८ संक्रमितमध्ये ५४४ जना होम आइसोलेसनमा छन् भने २४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी ११ जना आइसीयूमा र १ जना भेन्टिलटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ । उता हालसम्म ११ हनार ९५१ जनाको कोरोनाबाट ज्यान गएको छ ।
देशका १६ जिल्ला कोरोनामुक्त भइसकेको पनि मन्त्रालयले जनाएको छ। कुनै समय कोरोनाको हटस्पट मानिएको काठमाडौं उपत्यकामा अहिले १७७ जना संक्रमित रहेका छन्। काठमाडौंमा ९५ जनाm ललितपुरमा ८० जना र भकतपुरमा २ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?