स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन आजदेखि सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । तीन दिने उक्त सम्मेलनको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ रहेको छ ।
झण्डै ५ लाख मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्मेलनमा भाग लिने आयोजकको विश्वास रहेको छ । परिषद्ले हरेक वर्ष आफनो स्थापना दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन विगत ८ वर्षदेखि गर्दै आएको छ । सम्मेलनमा देश विदेशमा स्वास्थ्यका क्षेत्रमा भएका नयाँ नयाँ अनुसन्धानकाबारेमा छलफल हुनेछ । सम्मेलनबाट आएका नयाँ अनुसन्धानबाट स्वास्थ्यको नीति बनाउन सरकारलाई सहयोग पुग्ने परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवाली बताउँछन्।
सम्मेलन आजबाट सुरु भए पनि उद्घाटन सत्र भने भोलि मात्र रहनेछ । सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्ने जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण