Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन आइतबारदेखि हुँदै, तयारी पूरा

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन आइतबारदेखि हुँदै, तयारी पूरा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्न लागेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएका छन्। परिषद्ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत २७ गते आइतबारदेखि हुन लागेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलनको तयारी पूरा भएको जनाएको हो । यस वर्षको सम्मेलनका नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ रहेको छ ।

सम्मेलनमा परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले सम्मेलनको तयारी पूरा भएको र यसपटकको सम्मेलन यसअघिका भन्दा फरक भएको जानकारी दिए । उनले यसअघिका दुई वटा सम्मेलन कोभिड १९का कारण भर्चुअल रुपमा भएको र यसपटक भने महामारी कम भएसँगै भौतिक रुपमै गर्न लागिएको र यसका लागि राष्ट्रिय अन्तराष्ट्रिय वैज्ञानिकहरु उत्साहित भएको बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन प्रि -समिट हुनेछ भने दोस्रो दिन सोमबार सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्नेछन्। डा ज्ञवालीले सम्मेलनमा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तित्वहरू सहभागी हुने जनाए ।

तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरू परिषदमा पेश गरेको र तीमध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएका थिए । प्राप्त लेखलाई बाह्य तथा अन्तरिक समीक्षा गर्दा ४० लेखहरु मौखिक प्रस्तुतीकरणका लागि छनौट भए भने बाँकी रहेका मध्ये उत्कृष्ट अंक ल्याएकालाइ अनुसन्धानकर्ताको स्वीकृति लिएर पोष्टर प्रस्तुतीकरणका लागि थप गरिएको जनाइएको छ ।

पोष्टर प्रस्तुतीकरणका लागि ८७ वटा अब्स्ट्याक्ट समावेश गरिएको छ । त्यसैगरी सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई आमन्त्रित प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको डा ज्ञवालीले जानकारी दिए । यसैगरी उत्कृष्ट प्रस्तुती लगायतका विभिन्न विधामा दिइँदै आइएको अवार्ड यसपटक पनि दिइने जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि