आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार खोप अभियानको शुभारम्भ गरेका थिए । सरकारले आजदेखि सुरु गरेको खोप अभियान वैशाख १८ गतेसम्म जारी रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले जानकारी दिए ।
उनले देशभरका १५ महिनादेखि १५ वर्ष मूनिका ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको समेत जिकीर गरे ।
उनले यो अभियानपछि सरकारले टाइफाइड खोपलाई राष्ट्रिय खोप तालिकामा नियमित खोपका रुपमा समावेश गरिने समेत जानकारी दिए । खोप ७५३ वटै स्थानीय निकायका विद्यालयमार्फत दिइने छ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामार्फत दिइनेछ । खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी पचिालन गरिने जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?