२४ घण्टामा ७ जना काेराेना संक्रमित भेटिए, २५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ६६८ जनाको नमुना परीक्षण गरिएकोमा जम्मा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज २५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच ५० हजार ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमण दर घटेर अहिले एक अंकमा झरेको छ ।
अहिले देशभर ७ सय ४७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। काेराेनाबाट निकाे हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?