२४ घण्टामा ७ जना काेराेना संक्रमित भेटिए, २५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ६६८ जनाको नमुना परीक्षण गरिएकोमा जम्मा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज २५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच ५० हजार ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमण दर घटेर अहिले एक अंकमा झरेको छ ।
अहिले देशभर ७ सय ४७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। काेराेनाबाट निकाे हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम