ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा नि:शुल्क स्वास्थ्य शिविर गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाँडीचौरमा विशेषज्ञहितको स्वास्थ्य शिविर हुने भएको छ । यही चैत २६ गने शनिबार ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले शिविरमा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
शिविर सिन्धुपाल्चोकको खाँडीचौरमा रहेको सिन्धु सदाबहार अस्पतालमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । शिविरमा भिडियो एक्सरे सेवा, इसीजी लगायतका सेवा समेत उपलब्ध हुनेछ भने बिरामीलाई चाहिने औषधी समेत निशुल्क वितरण गरिनेछ ।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि निशुल्क शिविरहरु आयोजना गर्दै आएको र त्यसकै निरन्तरता स्वरुप यसपटकको शिविर पनि रहेको ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए ।
शिविरमा स्त्री रोग, नाक, कान घाँटी, छाला, हाडजोर्नी लगायतका रोगहरुको विशेषज्ञ सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?