Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा नि:शुल्क स्वास्थ्य शिविर गर्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाँडीचौरमा विशेषज्ञहितको स्वास्थ्य शिविर हुने भएको छ । यही चैत २६ गने शनिबार ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले शिविरमा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

शिविर सिन्धुपाल्चोकको खाँडीचौरमा रहेको सिन्धु सदाबहार अस्पतालमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । शिविरमा भिडियो एक्सरे सेवा, इसीजी लगायतका सेवा समेत उपलब्ध हुनेछ भने बिरामीलाई चाहिने औषधी समेत निशुल्क वितरण गरिनेछ ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि निशुल्क शिविरहरु आयोजना गर्दै आएको र त्यसकै निरन्तरता स्वरुप यसपटकको शिविर पनि रहेको ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए ।

शिविरमा स्त्री रोग, नाक, कान घाँटी, छाला, हाडजोर्नी लगायतका रोगहरुको विशेषज्ञ सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै