Health TV Online
Health TV Online

प्रधानमन्त्री देउवाद्धारा टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ

प्रधानमन्त्री देउवाद्धारा टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान शुरु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले खोप अभियानको शुभारम्भ गरेका छन्।

पानीजन्य रोगबाट बालबालिकालाई जोगाउनका लागि सरकारले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो । यो खोप अभियान देशभरका ७५३ वटै स्थानीय निकायबाट वैशाख १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । नेपाल टाइफाइड विरुद्धको खोप सुरु गर्ने दक्षिण पूर्वी एशियामा पहिलाे राष्ट्र हो । सरकारले अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष सम्मका झण्डै ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ ।

विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औषत ४ लाख ५० हजार भन्दा बढीमा टाइफाइड रोगको संक्रमण पुष्टि भएको पाइएको छ । यो रोग १५ वर्ष मूनिका बालिबालिकामा बढी देखिएको छ । नेपालमा हाल ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेको अनुमान छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार