प्रधानमन्त्री देउवाद्धारा टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान शुरु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले खोप अभियानको शुभारम्भ गरेका छन्।
पानीजन्य रोगबाट बालबालिकालाई जोगाउनका लागि सरकारले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो । यो खोप अभियान देशभरका ७५३ वटै स्थानीय निकायबाट वैशाख १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । नेपाल टाइफाइड विरुद्धको खोप सुरु गर्ने दक्षिण पूर्वी एशियामा पहिलाे राष्ट्र हो । सरकारले अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष सम्मका झण्डै ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ ।
विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औषत ४ लाख ५० हजार भन्दा बढीमा टाइफाइड रोगको संक्रमण पुष्टि भएको पाइएको छ । यो रोग १५ वर्ष मूनिका बालिबालिकामा बढी देखिएको छ । नेपालमा हाल ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेको अनुमान छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?