पछिल्लो २४ घण्टामा १३ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमित ७६५ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८०७ जनाको नमुना परीक्षण गरिएकोमा १३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ५७ जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ५६ हजार ५२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने सक्रिय संक्रमित ७६५ जना रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?