थप २४ जनामा कोरोना संक्रमण, ५१ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा ५ हजार ५८७ जनाको नमुना परीक्षण गरिएकोमा २४ जनामा मात्र कोरोना पुष्टि भएको हो । यसैगरी आज ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनको संख्या १७ हजार ७५५ रहेको छ ।
हाल देशभर ८ सय १२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?