३३ नयाँ संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या ८४२
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९ जनाको नमुना परीक्षण गरिएकोमा ३३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ८९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको छ भने ६० हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा हालसम्म ११ हजार ९५१ जना कोरोना संक्रमितको मृतयु भएको छ भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?