अबदेखि पूर्ण खोप लगाएको ३ महिनामै बुस्टर डोज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : अबदेखि कोरोना विरुद्धको पूर्ण खोप लगाएको ३ महिनामै बुस्टर खोप दिइने भएको छ ।
सरकारले यसअघि पूर्ण खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप दिने भनेको भए पनि पछिल्ला अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा अब भने ३ महिनामै बुस्टर दिने निर्णय गरेको हो । यो निणर्यसँगै अब भने १८ वर्ष पूरा भएका र पूर्ण मात्रा खोप लगाएका सबैले पछिल्लो खोप लगाएको ३ महिनामै बुस्टर खोप लगाउने पाउने भएका छन्।
यदि कोरोना संक्रमण भएको भए सोबाट संक्रमणमुक्त भएको एक महिनापछि कोरोना विरुद्धको खोप र बुस्टरु डोज मात्रा लिन मिल्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?