Health TV Online
Health TV Online

अबदेखि पूर्ण खोप लगाएको ३ महिनामै बुस्टर डोज

अबदेखि पूर्ण खोप लगाएको ३ महिनामै बुस्टर डोज

हेल्थ टिभी अनलाइन\ काठमाडौं : अबदेखि कोरोना विरुद्धको पूर्ण खोप लगाएको ३ महिनामै बुस्टर खोप दिइने भएको छ ।

सरकारले यसअघि पूर्ण खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप दिने भनेको भए पनि पछिल्ला अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा अब भने ३ महिनामै बुस्टर दिने निर्णय गरेको हो । यो निणर्यसँगै अब भने १८ वर्ष पूरा भएका र पूर्ण मात्रा खोप लगाएका सबैले पछिल्लो खोप लगाएको ३ महिनामै बुस्टर खोप लगाउने पाउने भएका छन्।

यदि कोरोना संक्रमण भएको भए सोबाट संक्रमणमुक्त भएको एक महिनापछि कोरोना विरुद्धको खोप र बुस्टरु डोज मात्रा लिन मिल्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार