थप २३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा २३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता पछिल्लो २४ घण्टामा देशभर ३० हजार ४४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमित जम्मा ८ सय ९९ जना रहेको मन्त्रालयले जनाएको छ ।
अहिले कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?