नेपालका १५ जिल्ला कोरोना शुन्य, काठमाडौंमा १३६ जना सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका सबै जिल्लामा कोरोना संक्रमण भेटिएको भए पनि अहिले त्यहाँका संक्रमित निको भएर डिस्चार्ज भएपछि १५ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएका छन्। ती जिल्लाहरुमा संखुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व रहेका छन्।
यसैगरी जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा, सल्यान र बाजुरा पनि संक्रमण शुन्य जिल्ला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको जारी गरेको तथ्ष्यांक अनुसार हाल देशभर १ हजार २२ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये काठमाडौंमा १३६ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १२५ जना सक्रिय संक्रमित रहेका छन्।
हाल कोरोना संक्रमण भएका जिल्लामा पनि २ सय भन्दा कम संक्रमित नै रहेको मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारी बताउँछन्। उनले पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको बताउँदै भएका संक्रमितमा पनि जटिलता नभएको जनाए । उनले धेरै जनाले कोरोना विरुद्धको खोप पाएका कारण पनि संक्रमण दर र जटिलता कम भएको हुनसक्ने जिकीर गरे । अहिले आइसीयूमा १घ जना र भेन्टिलेटरमा २ जना मात्र संक्रमित रहेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य