पछिल्लो २४ घण्टामा २२ संक्रमित थपिए, ७५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८३५ जनाको नमुना परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको हो ।
योसँगै ७५ जना संक्रमित निको भएका छन्। हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ९७१ जना होम आइसोलेसनमा छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ । उता आइसीयूमा १३ र भेन्टिलेटरमा २ जना संक्रमितको उपचार भइरहेको छ ।
हालसम्म ११ हजार ९५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?