थप २५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९५१ जनाको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता पछिल्लो २४ घण्टामा देशभर ६० हजार २६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमित जम्मा एक हजार ८१ जना रहेको मन्त्रालयले जनाएको छ ।
अहिले कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?