Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार पाउने

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार पाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले गम्भीर रोग मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्चवापत मासिक रुपमा ५ हजार उपलब्ध गराउने कार्यविधि २०७८ स्वीकृत गरेको छ । चैत्र १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत भएको हो।

उक्त कार्यविधि स्वीकृत भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीले औषधी उपचारबापत मासिक ५ हजार रुपैयाँ पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयनका लागि ७५३ वटै स्थानीय सरकारलाई आग्रह गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन