पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २६ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १९२ जनाको नमुना परीक्षण गरिएकोमा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसैगरी आज ७७ जना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ । अहिले देशमा १ हजार १४६ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उता गत २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?