पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनका लागि पहल गर्छु : मन्त्री खतिवडा
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।
बुधबार नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले महासंघमा सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए।
यसअघि आर्थिक वर्ष २०७८\७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने भनिएको र यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेकामा आफू चिन्तित रहेको बताए । उनले भने, ‘म मेरो कार्यकालमा यो विषय कार्यान्वयनको सुरुआत होस भन्ने चाहन्छु र त्यसका लागि पहल गर्छु ।’
मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने जनाए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’