देशभर सक्रिय संक्रमितको संख्या १ हजार २५४
२६ संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा १ हजार २५४ मात्र रहेको छ । मंगलबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या अब १ हजार २५४ मा झरेको छ ।
कोरोना संक्रमण दर घट्दै गएपछि र संक्रमित निको हुने क्रम बढे्सँगै सक्रिय संक्रमितको संख्या कम भएको मन्त्रालयले जनाएको छ । यसैगरी अहिले २३ जना संक्रमितको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उता संस्थागत आइसोलेसनमा जम्मा ४८ जना संक्रमित रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
सरकारले हालसम्म ५५ लाख ३४ हजार ५०५ जनाको पीसीआर र ११ लाख २३ हजार १८४ जनाको एन्टिीजेन विधिबकाट कोरोना परीक्षण गरिसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?