Health TV Online
Health TV Online

४२ जना नयाँ संक्रमित थपिंदा ८६ जना संक्रमणमुक्त

४२ जना नयाँ संक्रमित थपिंदा ८६ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ४७१ जनाको नमुना परीक्षण गरेकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी ८६ जना संक्रमित निको भएका छन्। हाल देशभर जम्मा १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५० हजार १५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार