अबदेखि वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको नि:शुल्क उपचार
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशकै जेठो वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको नि: शुल्क उपचार सुरु भएको छ । सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालमा यो उपचार सुरु भएसँगै पछिल्लो समय धेरै देखिन थालेको सिकलसेल, थालासेमिया तथा हेमोफिलिया जस्ता रोगीले नि: शुल्क उपचार सहज रूपमा पाउनेछन्।
वीर अस्पतालको मेडिकल जेनेटिक विभागकी प्रमुख तथा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले अबदेखि रगतजन्य वंशाणुगत रोग लिएर आउने सबै बिरामीको नि: शुल्क उपचार हुने बताइन्। उनले रगतजन्य वंशाणुगत रोगका बिरामी कतिले समयमै उपचार नपाउँदा ज्यान गुमाउन परेको सुनाउँदै अब भने उनीहरुका लागि केही गर्न सकिने बताइन्। उनले भनिन, ‘यसका लागि हामीले ४\५ वर्षदेखि प्रयास गरिरहेका थियौं ढिलै भए पनि सेवा सुरू भयाे बिरामीले ठूलो राहत पाउने छन्। उनीसँगै हेमाटोलोजिस्ट डा निरज सिंह पनि सो विभागमा रहेका छन्।
रगतजन्य रोग निकै खर्चिलो हुने भएकाले पनि धेरै बिरामी उपचारमा आउन नै सक्दैनन् । जसका कारण सेवा नपाएका कारण अकालमै ज्यान गुमाउन बाध्य छन् । अब भने यो सेवा सुरु भएसँगै धेरै बिरामीले सहज सेवा लिनसक्ने डा ठाकुरको भनाई छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण