Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अबदेखि वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको नि:शुल्क उपचार

अबदेखि वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको नि:शुल्क उपचार

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशकै जेठो वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको नि: शुल्क उपचार सुरु भएको छ । सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालमा यो उपचार सुरु भएसँगै पछिल्लो समय धेरै देखिन थालेको सिकलसेल, थालासेमिया तथा हेमोफिलिया जस्ता रोगीले नि: शुल्क उपचार सहज रूपमा पाउनेछन्।

वीर अस्पतालको मेडिकल जेनेटिक विभागकी प्रमुख तथा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले अबदेखि रगतजन्य वंशाणुगत रोग लिएर आउने सबै बिरामीको नि: शुल्क उपचार हुने बताइन्। उनले रगतजन्य वंशाणुगत रोगका बिरामी कतिले समयमै उपचार नपाउँदा ज्यान गुमाउन परेको सुनाउँदै अब भने उनीहरुका लागि केही गर्न सकिने बताइन्। उनले भनिन, ‘यसका लागि हामीले ४\५  वर्षदेखि प्रयास गरिरहेका थियौं ढिलै भए पनि सेवा सुरू भयाे बिरामीले ठूलो राहत पाउने छन्। उनीसँगै हेमाटोलोजिस्ट डा निरज सिंह पनि सो विभागमा रहेका छन्।

रगतजन्य रोग निकै खर्चिलो हुने भएकाले पनि धेरै बिरामी उपचारमा आउन नै सक्दैनन् । जसका कारण  सेवा नपाएका कारण अकालमै ज्यान गुमाउन बाध्य छन् ।  अब भने यो सेवा सुरु भएसँगै धेरै बिरामीले सहज सेवा लिनसक्ने डा ठाकुरको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि