Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

६५० एमजीको पारासिटामोल उत्पादन गर्ने भन्दैमा ५ सय एमजीको उत्पादन बन्द गर्छौ भनेको होइन : एपोन

६५० एमजीको पारासिटामोल उत्पादन गर्ने भन्दैमा ५ सय एमजीको उत्पादन बन्द गर्छौ भनेको होइन : एपोन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले ६५० एमजी पारासिटामोलको उत्पादन गर्ने औषधि सल्लाहकार समितिको निर्णयको स्वागत गर्दै यसलाई समयको माग भएको जनाएको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ६५० एमजीको पारासिटामोल आएसँगै ५०० एमजी पारासिटामोलको उत्पादन विस्थापित नहुने पनि स्पष्ट पारेको छ। संघले बजारमा अब ५ सय एमजीको सिटामोल विस्थापित हुने जस्ता हल्ला सुनिएकोमा त्यसो नभई ५ सय र ६५० एमजी दुबै पारासिटामोल बन्ने जानकारी दिएको हो ।

संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले पारासिटामोल ६५० एमजी पारासिटामोल आफनो रुचि अनुसार नभई बिरामीको आवश्यकता अनुुसार बन्ने भएकाले आफूहरुले दुबै एमजीको औषधि बनाउने जानकारी दिए । उनले ६५० को पारासिटामोल आउँदैमा ५ सय को सिटामोल अभाव हुने भन्ने नहुने समेत जिकीर गरे ।

संघले पारासिटामोलको दर्ता सम्बन्धमा विभिन्न अनावश्यक टिकाटिप्पणी आएको विषयमा ध्यानाकर्षण समेत गराएको छ । विश्वव्यापी मान्यता अनुरुप नै पारासिटामोलको एमजी निर्धारण हुने भएकाले र फर्माकोपियामा सो कुरा उल्लेख भइसकेकाले अनावश्यक हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ । संघले औषधी सल्लाहकार समितिको मिति २०७८ चैत १० गतेको उक्त निर्णय स्वागतयोग्य रहेको समेत जिकीर गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन