६५० एमजीको पारासिटामोल उत्पादन गर्ने भन्दैमा ५ सय एमजीको उत्पादन बन्द गर्छौ भनेको होइन : एपोन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले ६५० एमजी पारासिटामोलको उत्पादन गर्ने औषधि सल्लाहकार समितिको निर्णयको स्वागत गर्दै यसलाई समयको माग भएको जनाएको छ ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ६५० एमजीको पारासिटामोल आएसँगै ५०० एमजी पारासिटामोलको उत्पादन विस्थापित नहुने पनि स्पष्ट पारेको छ। संघले बजारमा अब ५ सय एमजीको सिटामोल विस्थापित हुने जस्ता हल्ला सुनिएकोमा त्यसो नभई ५ सय र ६५० एमजी दुबै पारासिटामोल बन्ने जानकारी दिएको हो ।
संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले पारासिटामोल ६५० एमजी पारासिटामोल आफनो रुचि अनुसार नभई बिरामीको आवश्यकता अनुुसार बन्ने भएकाले आफूहरुले दुबै एमजीको औषधि बनाउने जानकारी दिए । उनले ६५० को पारासिटामोल आउँदैमा ५ सय को सिटामोल अभाव हुने भन्ने नहुने समेत जिकीर गरे ।
संघले पारासिटामोलको दर्ता सम्बन्धमा विभिन्न अनावश्यक टिकाटिप्पणी आएको विषयमा ध्यानाकर्षण समेत गराएको छ । विश्वव्यापी मान्यता अनुरुप नै पारासिटामोलको एमजी निर्धारण हुने भएकाले र फर्माकोपियामा सो कुरा उल्लेख भइसकेकाले अनावश्यक हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ । संघले औषधी सल्लाहकार समितिको मिति २०७८ चैत १० गतेको उक्त निर्णय स्वागतयोग्य रहेको समेत जिकीर गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य