स्वास्थ्य पत्रकार तथा चिकित्सकसहित २५ जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ। नेटवर्कले विभिन्न विधागत रुपमा योगदान पुराउने व्यक्तिहरुको छनोट गरी स्वास्थ्य पत्रकार र चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । कार्यक्रममको प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका पूर्व महामन्त्री प्राडा सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गरेका हुन्।
नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले अवार्डकाबारेमा बोल्दै प्रदेशगत रुपमा सात, विधागत तथा संस्थागत विकासमा योगदान पुराउने सात, अन्तराष्ट्रिय समाजिक संघ संस्थाको सिफारिसका आधारमा दुई चिकित्सक, विभिन्न प्रदेशबाट ५ जना स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्दै आएका २ जना पत्रकारलाई अवार्ड दिइएको जानकारी दिए । यसैगरी स्वास्थ्य क्षेत्रमा योगदान पुराउने दुई संस्थालाई समेत सोही समारोहमा सम्मान प्रदान गरिएको थियो ।
नेटवर्कले प्रत्येक वर्ष आफनो वार्षिकोत्सवको अवसर पारेर अवार्ड कार्यक्रम गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?