शनिबार ८ जनामा कोरोना संक्रमण, २१० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६५५ जनाको नमुना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २१० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या घटेर २ हजारभन्दा कममा झरेको छ । अहिले होम तथा संस्थागत आइसोलेसनमा रहेका संक्रमितको संख्या १ हजार ७५८ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४७ हजार ७०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?