नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार भन्दा कममा झर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजारभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १९ सय ६० जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १९ सय १६ जना होम आइसोलेसनमा छन् भने ४४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी २३ जना संक्रमित आइसीयू तथा भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ३४२ जनाको नमुना परीक्षण गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको छ भने २७१ जना संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?