२३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभरका गरी जम्मा २१ जना संक्रमितको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसैगरी कुल २ हजार २६६ जना सक्रिय संक्रमितमध्ये २ हजार १७९ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म ११ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म लक्षित जनसंख्याको ९३ प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?