४० हजार भन्दा बढी क्षयरोगी उपचारको पहुँच बाहिर
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अझै पनि प्रत्येक वर्ष ४० हजार भन्दा बढी क्षयरोगी उपचारको बाहिर रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा वार्षिक रुपमा नयाँ पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुने गरेको र ती मध्ये वर्षेनी ६९ हजार नयाँ बिरामी थपिने गरेका छन्। यसैगरी नेपालमा प्रत्येक वर्ष १६ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।
विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै केन्द्रका निर्देशक डा सञ्जय कुमार ठाकुरले देशभर क्षयरोगका बिरामीका लागि लगानी बढाउँदै काम गरिरहेको भए पनि उपचारको पहुँचमा नआएका बिरामीहरु ठूलो चुनौतीका रुपमा अघि आएको बताए । उनले क्षयरोग समयमै पत्ता लगाएर नियमित औषधी सेवनबाट पूर्ण रुपमा निको हुने भए पनि ठूलो संख्यामा यसबाट मृत्यु हुनु निकै दुखद भएको भन्दै यसमा सबैको हातेमालो आपश्यकता भएको जिकीर गरे ।उनका अनुसार गत आर्थिक वर्ष २०७७ \७८ मा २८ हजार ६७७ जना बिरामी उपचारमा दर्ता भएका छन् भने क्षयरोगको उपचार सफलता ९१ प्रतिशत रहेको छ । जसमध्ये ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला र ७ प्रतिशथ बालिबालिका रहेका छन्।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्षयरोग क्षेत्रमा नेपालले अझै पनि काम गर्नुपर्ने र त्यसका लागि लगानी बढाउनुपर्नेमा जोड दिए । यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजीरावले क्षयरोग अत्त्यका लागि नेपालमा राजनैतिक प्रतिवद्धता समेत आइसकेकोले अब यसलाई व्यवहारिक रुपमा काम गर्न सजिलो हुने जनाए र उनले नेपालमा क्षयरोग अन्त्य गर्नका लागि विश्व स्वास्थ्य संगठन सधैं साथमा रहेको समेत बताए ।
उनले यसपटकको नारा जस्तै क्षयरोग अन्त्यका लागि लगानी बढाउनुपर्नेमा जोड दिए ।
विश्वभर हरेक वर्ष मार्च २४ मा क्षयरोगका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झना गर्दै र क्षयरोगका कारण अब कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने प्रतिपद्धता जनाउँदै यो दिवस मनाउने गरिन्छ । यसपटकको दिवसको नारा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं,जीवन बचाऔं’ भन्ने रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’