Health TV Online
Health TV Online

देशभर २ हजार ६८८ सक्रिय संक्रमित, २५ जना आइसीयू र भेन्टिलेटरमा

देशभर २ हजार ६८८ सक्रिय संक्रमित, २५ जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २ हजार ६८८ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार हाल २ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित संस्थागत तथा होम आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये २३ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएपछि अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि घटिरहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये ५१ जना मात्र संस्थागत आइसोलेसनमा छन् भने बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ५ प्रतिशत पुगेको छ । देशभर अहिलेसम्म ११ हजार ९५१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १८ वर्ष माथिका लक्षित जनसंख्याको ९३ प्रतिशतले कम्तीमा एक मात्रा खोप पाइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन