देशभर २ हजार ६८८ सक्रिय संक्रमित, २५ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २ हजार ६८८ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार हाल २ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित संस्थागत तथा होम आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये २३ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएपछि अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि घटिरहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये ५१ जना मात्र संस्थागत आइसोलेसनमा छन् भने बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ५ प्रतिशत पुगेको छ । देशभर अहिलेसम्म ११ हजार ९५१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १८ वर्ष माथिका लक्षित जनसंख्याको ९३ प्रतिशतले कम्तीमा एक मात्रा खोप पाइसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?