९३ प्रतिशत नेपालीले लगाइसके कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म लक्षित जनसंख्याको ९३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्या मध्ये एक करोड ९९ लाख २२ हजार १६४ जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यो भनेको ९२ दशमलब ९ प्रतिशत हुन आउँछ ।यस्तै पूर्ण मात्रा खोप लगाउने नै ८१ प्रतिशत रहेको छ ।
यसका साथै साथै १२ देखि १७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ जना आर्थात ९१ प्रतिशतले पहिलो मात्रा खोप लगाइसेका छन् । उता १८ लाख ३५ हजार ६९३ जनाले कोरोना विरुद्धको बुस्टर खोप समेत लगाइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा खोप अभियान सुरु भए यता ३ करोड ९२ लाख ३२ हजार ७२५ मात्रा खोप लगाइएको छ भने हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त भएको छ ।
देशभर अहिले पनि खोप अभियान जारी रहेको छ । सरकारले यही चैतको अन्त्यसम्ममा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?