सिंहदरबार भित्र हेल्थ डेस्क
हेल्थ टिभी अनलाइन \काठमाडौं : सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सञ्चालनमा आएको छ । सात हजार भन्दा बढी कर्मचारी कार्यरत सिंहदरबारमा कर्मचारीका लागि वीर अस्पतालले हेल्थ डेस्क स्थापना गरेको हो । यसभन्दा अघि २०७४ साल चैत १६ मा सुरु भएको हेल्थ डेस्कको सेवा कोभिड १९ को महामारीका कारण केही समय बन्द रहेको थियो। सोही सेवा अहिले पुन सञ्चालनमा ल्याइएको हो ।

कोभिड १९ को संक्रमण कम भएसँगै प्रधानमन्त्री कार्यालयको अनुरोधमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आजदेखि सो हेल्थ डेस्क पुन:सुरु गरेको हो । हेल्थ डेस्कको उदघाटन मुख्य सचिव शंकर दास बैरागीले गरेका थिए । यसैगरी सेवाको शुभारम्भ भने वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गरेका थिए । उक्त हेल्थ डेस्कमा हाललाई वीर अस्पतालका दुई जना चिकित्सक तथा ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ । स्वास्थ्य जाँच गर्ने समय भने बिहान १० देखि ३ बजेसम्म हुनेछ ।
उक्त हेल्थ डेक्समा अक्सिजन सहितको बेड, स्वास्थ्य परीक्षण, प्रेसर, सुगर, ड्रेसिङ्ग लगायतका सेवा रहनेछ भने आपतकालिन अवस्थाका लागि एम्बुलेन्स पनि हुने बताइएकाे छ । सिंहदरबारभित्र ठूलो संख्यामा रहेका कर्मचारीलाई सामान्य स्वास्थ्य जाँचका लागि कार्यालय छोडेर बाहिर अस्पताल जान नपरोस भनरे सिंहदरबार भित्रै हेल्थ डेस्क स्थापना गरिएको हेल्थ डेस्कका प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए । उनले सिंहदरबारभित्रका कर्मचारीलाई मात्र नभएर सिंहदरबारभित्र विभिन्न काम लिएर आउने सेवाग्राहीलाई समेत हेल्थ डेस्कमार्फत स्वास्थ्य सेवा प्रदान गरिने जनाए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य