नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा ऋषिकुमार काफ्ले चयन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्य समिति चयन भएको छ। शनिबार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक समेत हुन्।
यसैगरी सोसाइटीको उपाध्यक्षमा प्राडा दिव्या सिंह शाह, महासचिवमा प्राडा प्रेमराज ज्ञवाली, कोषाध्यक्षमा डा मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा सुभाष प्रसाद आचार्य र सहकोषाध्यक्षमा डा अनिल श्रेष्ठ चयन भएका छन्।
यसैगरी सोसाइटीको सदस्यहरुमा डा महेश राज सिग्देल, डा अरुण शर्मा, डा पवनराज चालिसे, डा शैलेन्द्र श्रेष्ठ र डा छेतेन योञ्जन चयन भएका छन्।
यसैगरी सोसाइटीको सल्लाहकारमा डा भोला राज जोशी र कार्यालय सचिवमा विमल बराल चयन भएका छन्। नयाँ कार्य समितिको कार्यकाल आगामी दुई वर्षका लागि हुनेछ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?