थप ५१ जनामा कोरोना संक्रमण, ३९२ जना निको भए
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९९६
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ९१४ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३९२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। गत २४ घण्टामा २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ९९६ मात्र रहेको छ ।
यसैगरी १०६ जना अहिले पनि क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म ११ हजार ९५० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ