लोकसेवाले खुलायो ३ सय नर्सका लागि स्थायी जागिरको अवसर
हेल्थ टिभी अनलाइन \काठमाडौं : लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहकाे पाँचौं तहका लागि ३ सय जना स्टाफ नर्सको स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको छ । आयोगको मंगलबार बसेको बैठकले खुल्ला तथा समावेशी प्रतियोगिताबाट ३ सय जना नर्स स्थायी पदपूर्ति गर्नुपर्ने भन्दै विज्ञापन खुलाएको हो ।
सूचनामा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरेका नर्सले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।
अनलाइन दरखास्त हाल्ने म्याद चैत २२ सम्म र दोब्बर दस्तुर तिरी दरखास्त हाल्ने म्याद २९ चैतसम्म तोकिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?